एशिया प्यासेफिक समिटको बिरोधमा माइतीघरमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

एशिया प्यासेफिक समिटको बिरोधमा माइतीघरमा प्रदर्शन

maitighar mandala

काठमाडौं, १३ मंसिर । शुक्रबार देखि काठमाडौँमा हुन लागेको एशिया प्यासेफिक समिटको बिरोधमा प्रदर्शन भएको छ । काठमाडौँको माइतीघरमा भेला भएका स्वतन्त्र युवाहरुको एक समुहले एशिया प्यासेफिक समिटको बिरोध गरेका हुन् ।

युवाहरुले विश्व भरि धर्म परिवर्तन गराउने संस्थाको रुपमा बदनाम भएको गैर सरकारी संस्थाको कार्यक्रमलाई सहयोग गरेको भन्दै सरकारको कामको बिरोध पनि गरे । माइतीघरको प्रदर्शनमा युवाहरुले सवारी संचालनमा जोर बिजोर प्रणाली लागु गरेर जनतालाई दुख दिएको भन्दै नाराबाजी गरेका छन् । माइतीघरको प्रदर्शनमा उत्रेका केहि प्रदर्शनकारिलाई प्रहरीले पक्राउ गरेको छ ।

यता नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकामा बिहीबारबाट सवारी साधनमा लागु भएको जोर बिजोर प्रणालीकको अवज्ञा गर्न आह्वान गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा युथ कांग्रेस नेपाल नामक एक संस्थाले पोष्ट गरेको विज्ञप्ति रिट्वीट गर्दै सांसद थापाले धर्मान्तरणको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक भन्दै सरकारको गलत कामको अवज्ञा गर्न आह्वान गरेका छन् ।

ताजा समाचार