अछाम-मंगलसेन-ठाँटीखाद सडकखण्डको कालोपत्रे सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

अछाम-मंगलसेन-ठाँटीखाद सडकखण्डको कालोपत्रे सम्पन्न

sadak

अछाम, १२ मंसिर । नेपालका पहाडी जिल्लाहरुमा आवागमन सहज बनाइ विकासमा तिब्रता ल्याउन मध्य पहाडी लोकमार्गको अबधारणा ल्याईएको हो । मध्य पहाडी राजमार्र्ग नेपालमा हाल निर्माणाधीन राजमार्ग अवस्थामा छ ।

मुलुकको पूर्व पश्चिमसम्म जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग पछिको मध्य पहाडी राजमार्ग विकल्पको रुपमा रहेको राजमार्ग हो ।

मध्यपहाडी राजमार्र्ग अन्तर्गत अछामको मंगलसेन–ठाँटीखाद सडकखण्डको कालोपत्रे गर्ने कार्य समपन्न भएको छ । २०७५ असार मसान्तभित्र यस सडक खण्डको कालोपत्रे गरिसक्ने गरी नेपाल सरकारसंग समझौता भएको थियो ।

आगामी तीन बर्ष भित्र मध्य पहाडी लोकमार्ग निर्माण कार्य पूरा गर्न चार खण्डमा वर्गीकरण गरि काम अघि बढाइएको छ । जसमा कैलाशखोला सडकखण्डको काम लामापीएस जेभी, मंगलसेन–ठाँटीखाद सडकखण्डको काम शर्मा चन्द्रा एण्ड बसन्त दिवा जेभी, ठाँटीखाद–विनायक सडक खडक खण्ड लुम्बिनी अनक राजेन्द्र जेभी र विनायक बेलखेत सडक खण्डको काम गंगोत्री ओसिस ईन्जिनियर्स एण्ड बिल्डर्सले गरिरहेका छन् ।

शर्मा चन्द्रा एण्ड बसन्त दिवा जेभीले मंगलसेन–ठाँटीखाद सडकखण्डको १६ किलोमिटरकाम सम्पन्न गर्न ३२ करोड ८७ लाख ५८ हजार ७ सय रुपैयाँमा ठेक्का लिएको थियो । यहाँ निर्धारित समय अगावै कालोपत्रेको काम सम्पन्न भएको छ ।

यो खण्डको बाँकी रहेको एक सय बिस मिटरमा आरसीसीको काम भईरहेको छ । चार खण्ड मा वर्गीकरण गरी काम गरी रहेको मध्यपहाडी राजमार्गको सबै भन्दा बढि मंगलसेन–ठाँटीखाद सडक खण्डको जिम्मा लिएको शर्मा चन्द्रा एण्ड बसन्त दिवा जेभीले चार खण्डमध्ये ९० प्रतिशत भन्दा बढि काम गरीसकेको आयोजनाका ईन्जिनियर तुलाराम शर्माले बताए ।

नेपालका पहाडी जिल्लाहरुमा आवागमन सहजगरि त्यहाँको विकासमा तिब्रता ल्याउन मध्य पहाडी लोकमार्गको अबधारणा ल्याईएको हो ।

मध्य पहाडी राजमार्र्ग नेपालमा हाल निर्माणाधीन राजमार्ग हो । मुलुकको पूर्व पश्चिमसम्म जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग पछिको मध्य पहाडी राजमार्ग विकल्पको रुपमा रहेको राजमार्ग हो ।

यो निर्माण भइसके पछि यसको लम्बाई १ हजार ७ सय ७६ किलोमिटर हुनेछ । यो राजमार्ग पाँचथर जिल्लाको पूर्वी भेगमा पर्ने चियो भञ्ज्याङबाट सुरु भई बैतडी जिल्लाको झुलाघाट मा गएर टुंगिन्छ । चियोभन्ज्याङ देखि झुलाघाटसम्म पुग्दा यो राजमार्गले पहाडका ३९ जिल्लामध्ये २४ जिल्ला पार गर्छ । ती जिल्ला मध्ये पनि १९ जिल्लाका सदरमुकाम हँुदै जान्छ ।

नेपाल सरकारको गौरवको आयोजना अन्तर्गत पर्ने मध्य पहाडी राजमार्र्गको काम सम्पन्न भई सकेपछि अछाम जिल्लाको बिकासमा नै टेवा पुग्ने देखिन्छ । राजमार्गको कारण अछामको पर्यटकिय क्षेत्र रामारोशन, बैजनाथधाम, खप्तड लगायतका क्षेत्रहरुमा पर्यटकहरु भित्र्याउन सकिने छ ।

सबै भन्दा छोटो दुरी रहेको यो राजमार्गको कारण अछाम जिल्लाकोे ब्यापार, ब्यवसाय र कृषकहरुले उत्पादन गरेका तरकारी फलफुलहरु अन्य जिल्लामा भित्र्याउन सकेपछि अछाम जिल्ला आर्थिक उन्नतीतर्फ उन्नमुख हुने स्थानिय बताउँछन ।

यो लोक मार्गले सकेसम्म चाँडो पूर्वी पहाडदेखि पश्चिम पहाडसम्म पहुँच पुराउने देखिन्छ । मंगलसेन–ठाँटीखाद सडकखण्ड निर्माणको काम चन्द्रा एण्ड बसन्त कन्ट्रक्सनले पाएको हो । कम्पनीले निर्धारित समय अघि नै काम सम्पन्न गर्दा आफ्नो विश्वसनियता कायम गर्न सफल भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);