'गल्ती तपाईहरुले गर्ने, म किन तिर्ने' बिचरा ६७ हजार ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘गल्ती तपाईहरुले गर्ने, म किन तिर्ने’ बिचरा ६७ हजार !

uparastrapati

काठमाडौं, ११ मंसिर । बेरुजु रकम जम्मा ६७ हजार रुपैयाँ एक सय । बेरुजु गर्ने अधिकारी पूर्वउपराष्ट्रपति परमानन्द झा । फर्स्योटका लागि चार वर्षदेखि लगातार ताकेता । तर, बेरुजु रकम अहिलेसम्म फर्स्योट भएको छैन ।

यो स्थितिले हाम्रा उच्चपदस्थहरू बेरुजु रकम  फर्स्योट गर्न कति अग्रसर हुँदा रहेछन् भन्ने देखाउँछ । बेरुजु रकम फिर्ता गर्ने विषयमा पूर्वउपराष्ट्रपति झा र उपराष्ट्रपति कार्यालयबीच अहिले विवाद चुलिएको छ ।आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

स्थापनाको ८ वर्षसम्म बेरुजु नराख्ने कार्यालयमा दरिएको थियो, उपराष्ट्रपति कार्यालय । लेखापालले तत्कालीन उपराष्ट्रपति झाको तलबबाट आयकर कट्टी नगर्दा त्यही रकम बेरुजु देखियो । बेरुजु रकम असुल्न महालेखा परीक्षकको कार्यालयले बारम्बर भनिरहेको छ । बेरुजु रकम उपराष्ट्रपति कार्यालयले झाबाट असुल उपर गर्नुपर्र्ने हो । कर्मचारीले बेरुजु रकम असुल उपर गर्न सबै उपाय अपनाइसकेका छन् ।

‘०७२ सालदेखि हामीले उहाँलाई चिठी पठाइरहेका छौं । भेटेर पनि भन्यांै । अहिले त पूर्वउपराष्ट्रपतिज्यूले हाम्रो कार्यालयको चिठीसमेत बुझ्न छाडिसक्नुभयो’, उपराष्ट्रपति कार्यालयका अधिकारीले भने ।।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);