युक्रेनको तीनवटा नौसैनिक जहाज रुसको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

युक्रेनको तीनवटा नौसैनिक जहाज रुसको नियन्त्रणमा

russia

एजेन्सी, १० मंसिर । रुसले क्रिमीयाई प्रायद्वीपको नजिक युक्रेनको तीनवटा नौसैनिक जहाजमा हमला गरेर आफ्नो कब्जामा लिएको छ । उक्त घटनाले रुस र युक्रेनबीच थप तनाब बढेको छ । दुबै देशले यस घटनाका लागि एक–अर्कालाई जिम्मेवार भएको आरोप लगाएका छन् ।

रुसले युक्रेनको जहाज आफ्नो जलसीमा आजोव सागरमा गैरकानुनी ढंगले छिरेको दाबी गरेपछि यो विवाद उत्पन्न भएको हो । घटना लगत्तै रुसले कर्चमा तंग जलमार्गको एक पुलको तल टयांकर तैनाथ गरेर आजोव सागरतर्फ जाने बाटो बन्द गरेको छ ।

आजोव सागरको जलीय सीमा रुस र युक्रेनबीच बाँडिएको छ । युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेंकाले आफ्नो देशको राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा परिषदको बैठकमा रुसी कदमलाई सनकयुक्त कारबाहीको संज्ञा दिएका छन् । युक्रेनले जारी गरेको वक्तव्यमा रुसी कारबाहीमा आफ्नो चालक दलका दुई सदस्य घाइते भएको बताएको छ ।

रुसले भने युक्रेनको दाबीसम्बन्धमा अहिलेसम्म थप कुनै प्रतिक्रिया दिएको छैन । यसअघि रुसले युक्रेनको नौसेना गैरकानुनी तरिकाले आफ्नो जल सीमामा प्रवेश गर्ने गरेको अरोप लगाउँदै आएको थियो । यसैबीच युरोपेली संघले युक्रेनलाई कर्च हुँदै आजोव सागरको आफ्नो हिस्सामा जान रुसले रोक्न नहुने बताएको छ । नेटोले पनि यस घटनामा युक्रेनको समर्थन गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);