राजपाको संयोजकमा महतो मनोनयन भएसँगै पार्टीभित्र खैलाबैला (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

राजपाको संयोजकमा महतो मनोनयन भएसँगै पार्टीभित्र खैलाबैला (भिडियोसहित)

काठमाडौं, १० मंसिर । गत हप्ता राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो मनोनयन भएसँगै पार्टीभित्र आन्तरिक खैलाबैला मच्चिएको छ । महतोले महन्थ ठाकुर संयोजक रहेका बखत गरिएका कतिपय निर्णयहरु खारेज गरेपछि ठाकुर पक्षधर नेताहरु आगो भएका छन् ।

२०७४ साल बैशाख ६ गते बिभिन्न छ वटा मधेशकेन्द्रित दल मिली राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को गठन भएको थियो । पार्टी एकिकरणका बेला पार्टीको नेतृत्व ६ जना नेताले चक्रिय प्रणालिका आधारमा गर्ने तय भएको थियो ।

गत हप्ता पार्टीको विधान अनुसार अध्यक्ष मण्डलको संयोजकमा महन्त ठाकुर पछि राजेन्द्र महतो संयोजक बने । तर, महतोले यसअघि ठाकुरले गरेका निर्णयहरुलाई खारेज गरिदिए ।

यसरी राजपा नेपाल भित्र देखिएको पछिल्लो राजनीतिक झगडाको खास कारण के हो ? यो झगडा अन्त्य गर्ने उपाय के छ ? अध्यक्ष मण्डको संयोजक फेरिँदा राजपामा उत्पन्न भएको रडाको कहिलेसम्म रहन्छ ? माउन्टेन टेलिभिजनको कार्यक्रम ‘आजको सन्दर्भमा’ यी र यस्तै विषयमा छलफल भएको छ । पछिल्लो राजनीतिक अवस्थाका बारेमा यस पार्टीका सह-महामन्त्री डा. सुरेन्द्र झासँग गरिएको संवाद हेर्नुहोस्: