एशियाली बिकास बैँकले दियो दुई वटा परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

एशियाली बिकास बैँकले दियो दुई वटा परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण

bank

काठमाडौं, १० मंसिर । एशियाली बिकास बैँक (एडीबिले) नेपालको ग्रामिण खानेपानी तथा सरसफाई र बिद्युतीय प्रसारण लाइन परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराउने ।

एशीयाली विकास बैँक (एडीबी)ले नेपालको दुई वटा परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ सचिव डाक्टर राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभबीच सोमबार अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच नेपालको ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र विद्युतीय प्रशारण लाईन परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

१ सय ३० मिलियन अमेरिकी डलर ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र २० मिलियन अमेरिकी डलर विद्युतीय प्रशारण लाईन परियोजनाका लागि खर्च हुने गरी एडीबीले ऋण सहायता उपलब्ध गराउने समझदारी गरिएको अर्थ सचिव खनालले जानकारी दिए ।

एडीबीले नेपालको आर्थिक तथा सामाजिक विकासमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ ।