ला लिगाः एलाभेसलाई २-० ले हराउँदै बार्सिलोना बिजयी | ईमाउण्टेन समाचार

Our Network

माघ ४ २०८१, शुक्रबार

एजेन्सी, ११ भदौ । स्टार स्ट्राइकर लियोनल मेसीको दुई गोलसँगै बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

 

लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले एलाभेसलाई २–० ले हरायो । बार्सिलोनाको जितमा दुवै गोल मेसीले गरे । मेसीले पेनाल्टीको अवसर भने खेर फाले । जेराड पिकेलाई एलाभेसका खेलाडीले फल गरेपछि पाएको पेनाल्टीमा मेसीले गोल गर्न सकेनन् । मेसीको पेनाल्टी प्रहार एलाभेसका गोलरक्षक फर्नान्डो पाचेकोले बचाए । पहिलो हाफमा पेनाल्टीमा चुकेका मेसीले खेलको ५५ औं र ६६ औं मिनेटमा गोल गरे ।

 

बार्सिलोनाले सिजनको पहिलो खेलमा रियल बेटिसलाई २–० ले पराजित गरेको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);