पाँच मोहरमै सेल | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

पाँच मोहरमै सेल

pach rupaiya sel

काभ्रे, ८ मंसिर । सुका, मोहर, एक र दुई रुपैया“को नोट बजार भेटिदैन । पाँच रुपैयाको चकलेट पाउन मुस्किल छ । तर, काभ्रे मुख्य बजार बनेपामा भने पाँच मोहरमै सेलरोटी पाइन्छ । सुन्दा अचम्म लागे पनि दैनिक पाँच मोहरको सेल बेचेर हजारौं व्यापार गर्छन्, दिनेश शाह ।

पुर्खाैली घर भारत दरबंगा भएका दिनेशले बनेपामा व्यापार सुरु गरेको ३० बर्ष पूरा भइसक्यो । २०४५ सालमा बनेपामा व्यापार सुरु गरेका उनी चारवटा सेल र तरकारी तीन रुपैयामा खुवाउ“थे । अहिले चार सेल र तरकारी ३० रुपैया“मा खुवाउँछन् । मोहरबाटै सुरु हुन्छ, उनको मेन्यु । उनका पसलका अधिकांश ग्राहक सेल–तरकारी र पुरी खाने आउने गर्दछन् ।

बनेपा भैंसीपाटीवाट सेल तरकारी खान आएका प्रदिप द्यौगोडाले काभे र जिल्लामै सस्तो मूल्यमा मिठो सेल तरकारी खान पाउने भएकाले ‘दिनेश चाचा’को पसलको आफू नियमित ग्राहक भएको बताए । उनीमात्रै हैनन्, पाँच मोहरमा सेल पाउने सुनेर सेल आएका गोदामचोकका कुमार तामाङ पनि केही समयदेखि दिनेशको पसलको नियमित ग्राहक बनेका छन् ।

महंगीमा समेत सस्तोमा सेल तरकारी बेच्नुको कारण धेरै बेच्ने कम नाफा खाने बानी भएकाले सम्भव भएको दिनेश बताउँछन् । ‘मैले पाँच रुपैया“मा दुई सेल बेचेरै गुजारा गरेको छु,’ दिनेशले भने । उनले परिवार नियोजनसँगैको घरबाट व्यवसाय सुरु गरेका थिए । अहिले ग्राहकको माग आधारमा चाँदनीचोकको हंशराज सपिङ सेन्टर नजिकैबाट सेलपुरी बेचिरहेका छन् । परिवार नियोजनसँगै पसल उनकी पत्नी सञ्चालन गर्छिन् ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);