बिजी मलमा छुट | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

बिजी मलमा छुट

bg mahal chut

काठमाडौं,२९ माघ । गोगंबुस्थित नयाँ बसपार्कमा रहेकोे बिजी मलमा ‘विन्टर मेगा सेल’ सुरु भएको छ । १६ दिने सेल अवधिभर मलमा सपिङ गर्ने ग्राहकले ५० प्रतिशतसम्म छुट पाउने मलले जनाएको छ । भ्यालेन्टाइन डेको अवसरमा ग्राहकले आकर्षक अफर समेत पाउने छन् ।

ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउन ‘विन्टर मेगा सेल’ गरिएको मेला संयोजक हिरामणि तिमल्सिनाले बताए । जाडो मौसम तथा भ्यालेन्टाइन डेलाई लक्ष्य गरी फेब्रुअरी ९ देखि सुरु भएको ‘विन्टर मेगा सेल’ फेब्रुअरी २४ सम्म सञ्चालन हुनेछ । सेल अवधिमा ग्राहकले दैनिक रुपमा आश्चर्यजनक उपहार समेत प्राप्त गर्न सक्ने मलका निर्देशक राजु गिरीले बताए ।

यसका लागि कम्तीमा पाँच सय रुपैयाँको सामान खरिद गर्नु पर्नेछ । यस्ता ग्राहकलाई उपहार योजनामा सहभागी गराइने मलले जनाएको छ । गिरीका अनुसार हरेक सामानको खरिदमा ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ ।आजको नागरिक दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);