कृषि फ्रेसको बदमासी : होलसेलमा तरकारी किनेर अर्गानिक भन्दै बिक्रि | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८२, सोमबार

कृषि फ्रेसको बदमासी : होलसेलमा तरकारी किनेर अर्गानिक भन्दै बिक्रि

tarkari falful

काठमाडौं, ७ मंसिर । कृषि फ्रेसले बल्खुको होलसेलमा खरिद गरेको तरकारी उपभोक्तालाई अर्गानिक भनी बिक्रि गर्दै आएको पाइएको छ ।

उसले आफ्नै फार्ममा अर्गानिक तरकारी उत्पादन गरेको दाबी गर्दै उपभोक्तालाई बिक्री गर्दै आएको छ ।

कृषि फ्रेसले आफ्नो फार्ममा उत्पादन गरेका तरकारी काठमाडौंका विभिन्न १४ पसल आउटलेट बाट गर्दै आईरहेको छ ।

कृषि विकास बहुउदेश्यीय सहकारी संस्थामार्फत सञ्चालन भइरहेको कृषि फ्रेस काठमाडौंमा अर्गानिक तरकारी उपलब्ध गराउने पसलका रुपमा विगत ९ बर्षदेखि परिचित छ ।

कृषि फ्रेसले बल्खुको तरकारी होलसेलमा खरिद गरेको सागपात उसको कृषि फ्रेसको टीकाथलीमा रहेको फार्ममा पुर्याएर प्याकेजिङ गरी बजरामा अर्गानिकका नाममा पठाउने तथ्य फेला परेको खबर आजको नागरिक दैनिकले मुख्य समाचार बनाएको छ ।