प्रधानमन्त्री बरालिएको र कार्य दिशा केन्द्रित नभएको नेता थापाको आरोप | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

प्रधानमन्त्री बरालिएको र कार्य दिशा केन्द्रित नभएको नेता थापाको आरोप

gagan thapa

काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका नेता गगन थापाले हालका प्रधानमन्त्री बरालिएको र कार्य दिशा केन्द्रित नभएको आरोप लगाएका छन् ।

बिहिबार प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले समग्र देशको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलिनै संघियता कार्यान्वनमा बरालिएको बताए । उनले जनताको लामो प्रतीक्षापछि मुलुकमा स्थित सरकार आएपनि जन चाहना अनुसार यो सरकारले काम नगरेको बताए ।

त्यसैगरी, काँग्रेस नेता थापाले निर्मला हत्यारालाई प्रक्राउ गर्न सरकार पनि उदासीन देखिएको र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भूमिका पनि सशक्त हुन नसेकेको गुनासो गरेका थिए ।