जीपमा थप गरिएका सिट हटाउँदै ट्राफिक प्रहरी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

जीपमा थप गरिएका सिट हटाउँदै ट्राफिक प्रहरी

seat nikaldai

विमल जैरु
डडेल्धुरा, ४ मंसिर
। डडेल्धुरामा यातायात दुर्घटनाका क्रम वढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चेकजाँचमा कडाई गरेको छ । जिल्लाका ग्रामिण क्षेत्रमा संचालन हुने पिकअप जीपहरुले क्षमता भन्दा वढी यात्रु बोक्दा दुर्घटना बढ्न थालेपछि प्रहरीले जीपमा थप गरिएका सिट समेत हटाउँन थालेका हुन् ।

क्षमता भन्दा वढी यात्रुबोक्दा यातायात दुर्घटना वढ्न थालेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चेकजाँचमा कडाई गरेको छ । यसैक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले जिल्लामा संचालनमा रहेका पाँच सिट पास भएका पिकअप जीपका सिट पनि अहिले धमाधम हटाईरहेको छ ।

ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले दुई दिनको अवधीमा ७० पिकअप जिपको पछाडीको सिट हटाएको छ । यातायात व्यवस्था कार्यालयले पाँच सिट पास गरेको भएपनि पिकअप जीपहरुले पछाडीको भागमा सिट थप्दै वढी यात्रु वोक्ने गरेको भेटिएको ट्राफिक प्रहरीले जनाएको छ ।

जिल्लाका ग्रामिण क्षेत्रमा संचालन हुने पिकअप जिपहरुले क्षमता भन्दा वढी यात्रु वोक्दा दुर्घना वढ्न थालेपछि सिट हटाउँन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इन्चार्ज गणेश सिंह नागरीले बताए ।

यतिमात्र हैन, जिल्ला ट्राफिक प्रहरी कार्यालयले अन्य जिल्लावाट डडेल्धुरामा आएका पिक जीपको पनि पछाडीको सिट हटाउन थालेको छ । डडेल्धुराका ग्रामिण सडक सहित पोखरा, डोटीको दिपायल, बैतडीको खोड्पे, पाटन पिकअप जिप संचालनमा रहेका छन् । पाँच सिट पास भएको भएपनि ग्रामिण क्षेत्रमा संचालन हुने जीपहरुले क्षमता भन्दा पाँचौ गुना वढी यात्रु बोक्ने गरेका छन् ।

डडेल्धुरामा सिट पास भएका १ सय २५ पिकअप जीप संचालनमा रहेको डडेल्धुरा स्थित उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात व्यवसायी समितिले जनाएको छ ।