भ्रस्टाचार गर्ने कर्मचारी राज्यको आँखाबाट बच्न सक्दैनन् : अर्थमन्त्री खतिवडा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २२ २०८१, बिहीबार

भ्रस्टाचार गर्ने कर्मचारी राज्यको आँखाबाट बच्न सक्दैनन् : अर्थमन्त्री खतिवडा

arthamantri khatiwada

काठमाडौं, १ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले सुशासन प्रत्याभुत गर्न कर्मचारीहरुले कमजोरी गरे कुुनैपनी हालतमा बच्न नसक्ने बताएका छन् ।

‘कर, समृद्ध नेपाल सुुखि नेपालीको भर’ भन्ने नाराका साथ सातौ राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले कर्मचारी पुरस्कारका लागि तयार हुनुपर्ने बताएका हुन् ।

अर्थमन्त्री डा युुवराज खतीवडाले कर्मचारी हरुलाइ राम्रो काम गरेर सम्मान लिन आग्रह गरेका छन् । उनले कर्मचारीहरुले भष्ट्राचार गरे राज्यको आखाबाट बच्न नसक्ने भन्दै त्यस्ता कर्मचारीहरुलाइ कुनै पनी हालतमा छुट नदिने बताएका छन् ।

सोहि कार्यक्रममा मन्त्री खतीवडाले वर्तमान सरकार करको दर भन्दा पनी दायरा बढाउन लागी परेको बताए । उनले कर प्रणली बिस्तार गर्नको लागी करको भौगोलीक क्षेत्र बिस्तार गर्नमा सरकार लागेको जानकारी दिए । करको दायरा वढाउन सरकारले डिजीटल कर प्रणाली समेत लागुु गर्न थालेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य सघका अध्यक्ष भवानी राणाले एकिकृत कर प्रणालीलाई अघि बढाउनुपर्नेमा जोड दिईन् ।

सरकारले प्रतेक वर्ष कर दिवस मनाउदै आएको छ । तर संघीय व्यवस्था लागु भएसंगै संघीय सरकार र प्रदेश सरकारका विचमा कर उठाउन समन्वय हुन नसकेको गुनासो पनि सुनिदै आएको छ । यस्तो समस्यालाई कम गर्दै एकिकृत कर प्रणाली लागु गरिनुपर्ने नीजि क्षेत्रका अगुवाहरुको धारणा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);