तेस्रो लिङ्गीहरुलाई सैनिक भर्तीमा रोक लगाउन ट्रम्पको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

एजेन्सी, १० भदौ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले तेस्रो लिङ्गीहरुलाई सैनिक भर्तीमा रोक लगाउन निर्देशन दिएका छन् । उनले रक्षा मन्त्रालयलाई तेस्रो लिङ्गीहरु माथि सेना भर्तीमा प्रतिबन्ध लगाउन आदेश दिएका छन् ।

 

उनले गत महिना सामाजिक सञ्जाल ट्वीटमार्फत सो प्रतिबन्धको घोषणा गरेका थिए ।

 

उनले सेवामा रहेका महिला तथा पुरुषको लिङग परिर्वतन लागि गराउने शल्यक्रियामा रोक लगाउन पनि आदेश दिएका छन् ।

 

पुर्व राष्ट्रपति बाराक ओबामाले तेस्रो लिङ्गीलाई सैनिक सेवामा भर्ती हुन पाउने अधिकार दिएका थिए । तर ट्रम्पले ओबामाको उक्त मान्यतालाई रोक लगाउन निर्देशन दिएका छन् ।

 

ओबामाले जुन, २०१६मा तेस्रो लिङ्गीले पनि राष्ट्र सेवाका लागि सैनिकमा भर्ती हुन पाउने र आवश्यक परेमा लैङ्गिक शल्यक्रिया गर्न पाउने कानुन बनाएका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);