एक सय नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्धन गर्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

एक सय नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्धन गर्दै

खगेन्द्र घिमिरे, झापा, ३० कात्तिक । सरकारले ओझेलमा परेका एक सयवटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्धन गर्ने भएको छ ।

प्रवर्धन गरिने पर्यटकीय गन्तव्यहरु मध्यमा झापामा ४ वटा क्षेत्र चयन भएका छन् । जसमा बाँसबारी सिमसार पूर्वाधार पर्यटन केन्द्र, शहीद नेत्रलाल पार्क बिर्तामोड, गौरादह कृषि पर्यटकीय क्षेत्र र अर्जुनधारा पर्यटकीय क्षेत्र रहेका छन् ।

झापामा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको किचकबध, नेपालकै होचो स्थान केचनाकवल, शिवसतासी धाम, दोमुखा लगायतका क्षेत्र भए पनि नयाँ पर्यटकीय स्थलको रुपमा बासबारी लगायतका यी चार क्षेत्र परेको नेपाल पर्यटन बोडले जनाएको छ । यी पर्यटकीय गन्तब्यको विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न सुरुआत गर्नेछ ।