श्रम तथा रोजगार मन्त्रालयले दुईवटा प्रदेशमा संघीय कार्यालय स्थापना गर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

श्रम तथा रोजगार मन्त्रालयले दुईवटा प्रदेशमा संघीय कार्यालय स्थापना गर्ने

काठमाडौं, १० भदौ । श्रम तथा रोजगार मन्त्रालयले दुईवटा प्रदेशमा संघीय कार्यालय स्थापना गर्ने भएको छ । वैदेशिक रोजगारीसम्बन्धी सम्पूर्ण कार्य गर्न सक्ने गरी पूर्व नेपाल र दाङमा संघीय कार्यालय स्थापना गर्न लागिएको हो ।

 

शनिबार दाङमा आयोजित कार्यक्रममा श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरीले संघीय कार्यालय स्थापनासँगै वैदेशिक रोजगारीका लागि आवश्यक प्रक्रिया पूरा गर्न राजधानी पुग्नुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

 

जिल्लामै रोजगारीका अवसर पहिचान गरी युवालाई कम्तीमा २० हजार रुपैयाँ मासिक कमाउन सक्ने बनाउन श्रम तथा रोजगार मन्त्रालयले तयारी गरिरहेको उनको भनाइ छ ।

 

गाउँ–गाउँसम्म सिंहदरबार पुगेको अनुभूति दिलाउनका लागि सेवाप्रदायक निकायहरु स्थानीय तहसम्म पुर्याउन सरकार लागिपरेको उनले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);