काठमाडौं, २७ कात्तिक । काठमाडौंको नैकापमा रहेको नक्कली स्याम्पु र बिएमसी मसला उद्योगमा प्रहरीले छापा मारेको छ । बासुप्रसाद बिडारीको घरमा नक्कली कारखानामा नक्कली सामान उद्पादन गरिरहेको अवस्थामा प्रहरीको छापा परेको हो । प्रहरीले बासुप्रसाद बिडारी र उनको श्रीमती गोपीलाई पक्राउ गरेको छ ।




