काठमाडौं, २६ कात्तिक । पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत रहेका निलाम्बर आचार्य भारतका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् ।
मन्त्रिपरिषद्को आजको बैठकले राजदूतमा आचार्यलाई सिफारिस गरेको हो । सरकारले यसअघि भारतका लागि नेपाली राजदूतमा पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । तर, सत्तारुढ नेकपाभित्रै विवाद भएपछि यो निर्णय कार्यान्वयनमा आउन सकेकाे थिएन ।
सरकारले यसअघि मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डे र युएईका लागि नेपाली राजदूतमा कृष्ण ढकाल सिफारिस गरेकाे थियाे ।
याे खबर अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा छापिएकाे छ ।