छठको अवसरमा व्रतालुलाई खाद्यान्य तथा कपडा वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

छठको अवसरमा व्रतालुलाई खाद्यान्य तथा कपडा वितरण

chhatmaa samagri bitaran

धनुषा, २५ कात्तिक । धनुषामा छठ पर्वको अवसरमा गरीब तथा विपन्न व्रतालुहरुलार्ई खाद्यान्य तथा कपडा वितरण गरिएको छ । चेम्वर अफ कमर्स, जनकपुरधामको आयोजनामा शनिवार १ सय १ जना छठ व्रतालुहरुलाई सामाग्री वितरण गरिएको हो ।

सहयोग कार्यक्रम पछि बोल्दै प्रदेश–२ का प्रमुख रत्नेश्वरलाल कायस्थले छठ पर्वको अवसरमा गरिएको सहयोगले विपन्नहरु लाभन्वियत भएको बताए ।

छठ पर्व नेपालमै सबैभन्दा राम्रो जनकपुरधाममा मनाईने गरिन्छ । चार दिनसम्म मनाइने यो पर्वमा मंगलबार साँझको अर्घ र बुधबार बिहानको अर्घ सुर्यदेवलाई दिई समापन गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);