धर्मको निन्दा गरेको आरोपमा जेल परेकी आसिया बीबी कारागार मुक्त | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

धर्मको निन्दा गरेको आरोपमा जेल परेकी आसिया बीबी कारागार मुक्त

काठमाडौं, २२ कात्तिक । पाकिस्तानको सर्वोच्च अदालतले रिहाईको आदेश दिएपछि विगत आठ बर्ष देखी पाकिस्तानको कारागारमा सजाय भोग्दै आएकी ईसाइ महिला आशिया बीबी मुल्तान जेलबाट रिहा भएकी छन् ।

इस्लामलाई अपमान गरेको आरोपमा उनी कैदी जिवन व्यतित गदै आएकी थिइन् । आशियाको रिहाइका लागी लविङ गर्नेहरु खुसी भएका छन् भने कट्टरपन्थी मुस्लिमहरुले विरोध प्रदर्शन जारी नै राखेका छन् ।

इस्लाम विरुद्व बिष बमन र इस्लाम धर्मलाई अपमान गरेको आरोपमा पाकिस्तानमा कैदी जिवन व्यतित गदै आएकी इसाइ महिला आशिया बीबी ८ बर्ष पछि कैद मुक्त भएकी हुन् । आशियालाई मुल्तानको कारागारबाट रिहा गरिएको छ ।

पाकिस्तानको सर्वोच्च अदालतले उनको मृत्युदण्डको सजाय उल्टाउँदै गत साता रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेश पछि कटट्रपन्थि मुस्लीमहरुले आशियालाई मृत्यू दण्डको सजाय दिनुपर्ने माग राख्दै सडकमा प्रदर्शन गर्दै आएका छन् ।

आशियालाई रावलपिण्डी स्थीत नुरखान एयरबेस लगेर त्यहिबाट नेदरल्याण्ड लगिएको स्रोत्रले दाबी गरेको छ । जबकी पाकिस्तान सरकारका प्रवत्ताले यसबारे कुनै टिप्पणी गर्न इन्कार गरेका छन् ।

४७ बर्षीया आशियाको रिहाइका लागी उनका पति आशिक मसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायत र क्यानेडाका प्रधानमन्त्रीलाई समेत पाकिस्तानको जेलबाट रिहा गराउन आग्रह गरेका थिए ।

५ बच्चाकी आमा आशिया बीबीले छिमेकीसंग झगडा गर्दा इस्लाम धर्मलाई अपमान गरेको आरोप लागेको थियो । त्यसपछि सन् २०१० मा उनलाई दोषी ठहराइएको थियो ।

आशियाले भने आफु निर्दाेष रहेको र इस्लाम धर्मलाई अपमान नगरेको बताएकी थिइन् । तर उनको केही सिप चलेन फलस्वरुप आठ बर्षसम्म जेल जिवन बिताउनु पर्याे ।

पाकिस्तानमा कटट्रपन्थिहरुले त्यहाँको सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएपछि पनि सडक तताउने काम गर्दै आएका छन् । कटट्रपन्थिको विरोध प्रदर्शन पछि पाकिस्तान सरकारले कडा चुनौतीको सामना गर्दै यो मुद्दा सामसुम पार्न खोजेको छ ।

साथै हिंसात्मक प्रदर्शनहरु रोक्न आशिया बीबीलाई पाकिस्तान छाड्न नदिन आवश्यक पहल गर्ने बताएको थियो । कटट्रपन्थिहरुले आशियालाई सफाई दिने न्यायाधीसहरुलाई पनि कारवाही गर्नुपर्ने माग गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);