काठमाडौं, २० कात्तिक । महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा झापाको देवकोटा पार्कमा भव्य कार्यक्रम गरिने भएको छ ।
लामो समय देखि अलपत्र परेको देवकोटा पार्क हालै मात्र पूनः निर्माण सम्पन्न भएपछि संरक्षण समितिले भव्य कार्यक्रम गर्ने तयारी गरेको हो । यस वर्ष पनि नेपाल भारतका सयौ साहित्यकार, स्रष्टा तथा शुभचिन्तकको सहभागिता रहने आयोजकले जनाएको छ । २०५० सालमा शिलान्यास भएको यो शालिक बनेको लामो समय सम्म अलपत्र थियो । स्थानीय केही युवाको अगुवाईमा योे पार्कले हाल नयाँ जिवन पाएको छ ।
पार्कको पूनः निर्माण गरिएपछि आन्तरिक तथा बाहिय पर्यटकहरुको गन्तब्यको केन्द्र समेत बन्दै आएको छ । पछिल्लो समयमा संरक्षण समितीले पार्कमा देवकोटाको पूर्णकदको शालिक, चिल्डेन पार्क, हावा घर, पार्क मा बगैचा निमार्ण लगायतका कामहरु धमाधम गरिरहेको छ ।