वैदेशिक रोजगार विभाग शनिवार पनि खुल्ला | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

वैदेशिक रोजगार विभाग शनिवार पनि खुल्ला

काठमाडौं, १७ कात्तिक । वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले शनिबार पनि सेवा प्रदान गरेको छ । सार्वजनिक विदाको दिन भएपनि काठमाडाैं कार्यालयले शनिबार बिहान १० बजे देखि अपरान्ह ३ बजे सम्म सेवा प्रदान गरेको हो ।

कार्यालयका अनुसार आज शनिबार ३ सय बढीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीमा सेवाग्राहीको चाप अत्याधिक भएकाले शनिबार पनि कार्यालय खुल्ला गरि काम गरेको कार्यालयका निमित्त प्रमुख युवराज खतिवडाले जानकारी दिए ।

अन्य दिन बिहान ८ बजे देखि सांझ साढे ७ बजे सम्म सेवा प्रदान गर्ने गरेको भएपनि सार्वजनिक विदा भएकाले शनिबार बिहान १० देखि ३ बजे सम्म मात्रै सेवा प्रदान गरेको उनले बताए । विश्वका श्रम गन्तव्य भनि छानिएका मुलुकमा जाने नेपाली श्रमिकका लागि यस कार्यालयले श्रम स्वीकृति दिने गर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);