मुद्दामा जेलिँदै स्थानीय सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

मुद्दामा जेलिँदै स्थानीय सरकार

mudda

लहान, १७ कात्तिक । पशुपति आदर्श माध्यमिक विद्यालय, लहानका निमित्त प्रधानाध्यापक परमेश्वर रायलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेर नगरपालिकाको नगर शिक्षा समितिले शिक्षा समन्वय इकाइ सिरहामा सोसम्बन्धी पत्र पठायो।

समन्वय इकाइले नगरपालिकाको त्यस निर्णय सदर गर्दै रायलाई जिम्मेवारीबाट हटाइएको जानकारी पत्र गत असार २१ मा नगरपालिकामा पठायो। आफूलाई अनियमित तरिकाले जिम्मेवारीबाट हटाएको भन्दै रायले नगरपालिका, शिक्षा समन्वय इकाइसमेतलाई विपक्षी बनाएर उच्च अदालत जनकपुरको राजविराज इजलासमा निवेदन दर्ता गराए।

त्यो निवेदनउपर न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रायलाई निमित प्रधानाध्यपकबाट नहटाउनू हटाउन नलगाउनू भनी विपक्षीका नाममा २०७५ भदौ २८ मा अन्तरिम आदेश जारी गरिदियो।

अदालतको आदेशअनुसार रायले निमित प्रधानाध्यापकको जिम्मेवारीमा फर्काएर सोअनुरूपको सेवासुविधा उपलब्ध गराउनुपर्ने हो । तर, लहान नगरपालिकाले साउनदेखि उनको तलब रोक्का गरेको छ । अदालतको आदेश अपहेलना भएको भन्दै रायले नगरपालिकासमेतलाई विपक्षी बनाएर फेरि उच्च अदालत जनकपुरको राजविराज इजलासमा निवेदन दर्ता गराएका छन्।

रायले भने, ‘अदालतको आदेश अपहेलना गरेर मेरो तलब सुविधा रोकेपछि न्यायका लागि अदालतको ढोका ढक्ढक्याएको छु। प्रमुख प्रशासकीय अधिकृतले मेरो तलब निकासाका लागि टिप्पणी उठाइसक्नु भएको थियो तर मेयर साबको आदेशले रोकियो।’

निमित प्रअ रायको तलब सुविधा नगरप्रमुख मुनी साहको आदेशमा रोक्का गरिएको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज भट्टराईले भने।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);