काठमाडौं, १६ कात्तिक । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री पौडेलले संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार स्थापितलाई बर्खास्त गरी उनँले सम्हालेको मन्त्रालयको जिम्मेवारी पनि आफैँले लिएका छन् । स्थापितले प्रदेश ३ को मन्त्रीपरिषद बैठकमा मुख्यमन्त्री पौडेललाई अभद्र व्यवहार गरेपछि बर्खास्त गरिएको हो ।
मन्त्रिपरिषद बैठकमा विकास आयोजनावारे छलफल हुँदा स्थापितले मूख्यमन्त्री पौडेललाई जथाभावी गाली गलौज गर्दै अभद्र व्यवहार गरेका थिए ।
मुख्यमन्त्री पौडेलले विकास आयोजनामा स्थापितले सम्हाल्दै आएको मन्त्रालयमा बजेट धेरै भएपनि काम नभएको बताएपछि स्थापित पौडेलमाथि खनिएका थिए ।