कञ्चनपुर, १६ कात्तिक । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार पछि भएको हत्याको आज सय दिन पुरा भएको छ ।
बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मलाको बास्तविक दोषीको पहिचान गर्न विभिन्न छानविन टोली सरकारले गठन गरेतापनि आज सय दिन पुग्दा सम्म वास्तविक दोषीको पहिचान हुन सकेको छैन । अहिले पनि निर्मला पन्तको हत्यारालाई कारर्वाही गर्न माग राख्दै कञ्चनपुरमा विरोध पर्दशन गर्ने काम भइरहेको छ ।
दाषीलाइ छिटोभन्दा छिटो पत्ता लगाई कानुनी दायारामा ल्याउन निर्मलाका बाबु आमा लगायत कञ्चनपुरबासीले सरकार संग माग गरिरहेका छन् ।