ओली सरकार र नेकपाबारे युग पाठकको नयाँ खुलासा : के होला भविष्य ? (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

ओली सरकार र नेकपाबारे युग पाठकको नयाँ खुलासा : के होला भविष्य ? (भिडियो सहित)

yug pathak

काठमाडौं, १५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेको छ । र यो सरकारले राम्रा र ठुला ठुला काम गर्छौ भनेर बजेट भाषण, नीति तथा कार्यक्रम मार्फत र त्यसभन्दा पहिले चुनावको बेला सार्बजनिक गरेको थियो । यो अवस्थासम्म आईपुग्दा सरकारले गर्नुपर्ने कामहरुको लक्ष्य निर्धारण गर्न सकेन भनेर वामपन्थीलेनै सरकारको आलोचना गरिरहेका छन् । नेकपा भित्रकै कतिपय नेताहरुले सरकारले सोचेजस्तो काम गर्न सकेन भनेर टिप्पणी र कतिपयले व्यंग्य पनि गरिरहेका छन् । सरकाले लक्ष्य निर्धारण गर्न नसक्नु, दुई तिहाई मत पाएर पनि बलियो सरकारको जस्तो ढंगबाट अघि बढ्न नसक्नुको खास कारण के हो ? सरकारसंग जुन किसिमको अपेक्षा थियो, त्यो पुरा नभएपछि राजपाले छठसम्म कुर्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएको छ । दुई तिहाई बहुमत प्राप्त सरकार किन यस्तो अलमलमा छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक युग पाठकसँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);