सांसदको तलब ४५ हजार, मुख्यमन्त्रीको ६१ हजार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सांसदको तलब ४५ हजार, मुख्यमन्त्रीको ६१ हजार

salary

काठमाडौं, १५ कात्तिक । कर्णाली प्रदेशका सांसदको मासिक तलब ४५ हजार हुने भएको छ ।

उनीहरुले आवास सुविधा, इन्धन खर्च, बिजुली र पानीको खर्चसमेत पाउने छन् । आन्तरिक मामिला तथा कानुन् मन्त्रालयले प्रदेशसभा सदस्य र पदाधिारीको सेवा सुविधासम्बन्धी विधेयकमा यस्तो प्रस्ताव गरेको छ ।
विधेयक मंगलबार ससदमा दर्ता भएको छ । विधेयकमा सभामुखलाई ५३ हजार, उपसभामुख र विपक्षी दलको नेतालाई ५० हजार र सचेतक र समिति अध्यक्षलार्य ४८ हजार मासिक तलब प्रस्ताव गरिएको छ ।,

त्यस्तै, कर्णालीमा मुख्यमन्त्रीको मासिक तलब ६१ हजार प्रस्ताव गरिएको छ । मुख्यमन्त्री र मन्त्रीहरुको सेवा सुविधासम्बन्धी ससदमा मंगलबार दर्ता विधेयकमा मुख्यमन्त्रीलार्य मासिक ६० हजार ९ सय ७० तलब उपलब्ध गराउने प्रस्ताव छ । आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);