प्रदेश नम्बर २ को निर्वाचन तयारी अन्तिम चरणमा : आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रदेश नम्बर २ को निर्वाचन तयारी अन्तिम चरणमा : आयोग

काठमाडौँं, ९ भदौ ।  निर्वाचन आयोगले प्रदेश नम्बर २ अन्तरगतको ८ वटा जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनको तयारीको काम पनि अन्तिम चरणमा पुगेको स्पष्ट पारेको छ ।

 

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आगामी सोमबारबाट निर्वाचन अधिकृतको कार्यालय पनि संचालनमा आउने जानकारी दिए । आयोगले यस अघि नै मुख्य निर्वाचन अधिकृतको कार्यालय संचालनमा ल्याईसकेको छ ।

 

प्रवक्ता शर्माले अहिले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली अध्यावधिक गराउने काम भइरहेको बताए । सरकारले पछिल्लो पटक ९ वटा स्थानीय तहको संख्या बढाएपछि आयोगले प्रदेश नम्बर दुईको मतदाता नामावली अध्यावधिक गर्ने कामलाई तीव्रता दिएको हो ।

 

प्रदेश नम्बर २ अन्तरगत १ सय ३६ वटा स्थानीय तहमा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन हुँदैछ । आयोगका प्रवक्ता शर्माले पछि थपिएका ९ वटा स्थानीय तहमा पनि निर्वाचनको सामग्री व्यवस्थापन गर्ने काममा आयोग लागि परेको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);