डेढ वर्षअघि प्रेमविवाह, अहिले श्रीमानविरुद्ध बलात्कारको उजुरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

डेढ वर्षअघि प्रेमविवाह, अहिले श्रीमानविरुद्ध बलात्कारको उजुरी

rape arrest

काठमाडौँ, १३ कात्तिक । बलात्कार गरेको आरोपमा कञ्चनपुरकी एक महिलाले श्रीमानबिरुद्द जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।
श्रीमतीको उजुरीपछि प्रहरीले आरोपित श्रीमानलाई पक्राउ गरेको छ । सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले आफ्ना पति डम्बर जोशीविरुद्ध उजुरी दिएकी हुन् । डम्बरले आफ्नो इच्छाविपरीत यौनसम्पर्क राखेको आरोप लगाउँदै मञ्जुले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णराज ओझाले बताए ।

उजुरी दर्ता गरेर जबर्जस्ती करणीअन्तरगत मुद्दा दर्ताको प्रक्रिया अघि बढाएको छ । डम्बरलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न जिल्ला अदालतबाट अनुमति लिइएको छ । मञ्जु र डम्बरले डेढ वर्षअघि प्रेमविवाह गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);