तिहार नजिकिंदै गर्दा फूलको माग बढ्यो | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

तिहार नजिकिंदै गर्दा फूलको माग बढ्यो

ful

काठमाडौं, ११ कात्तिक । नेपालीहरुको दोश्रो ठूूलो चाड तिहार नजिकिंदैछ । फूूलको पर्व भनेर चिनीने तिहारमा सयपत्री, मखमली, गोदावरी फूलको उपयोग बढी हुुने गर्दछ ।
यो समयमा अहिले जता हे¥यो उतै ढकमक्क फूल फूलेको देखिन्छ । नेपालमा वार्षिक झण्डै दुई अर्व रुपैया बराबरको कारोबार हुने फूलको यो तिहारमा कति कारोबार होला ? तिहार भन्नासाथै हरेकको मनमा आउंछ, झिलीमिली बत्ती,लक्ष्मीपूूजा,सप्तरङ्गि टिका, रंगीचंगी फूल अनि फूूलको माला । अहिले प्रत्यकको घरघरमा सएपत्री,मखमली,गोदाबरी फूूल फूूलेको देख्न पाईन्छ । दैनिक घरघरमा प्रयोग हुने फूूलको महत्व तिहारमा अझ विशेष हुन्छ । तिहारमा लक्ष्मी पूूजा गर्न,घर सजाउन तथा दिदिबहिनीले दाजूूभाईलाइ माला लगाइदिन सयपत्री,गोदावरी मखमली लगायतका फूूलको प्रयोग हुुने गर्दछ । तिहार नजिकिंदै गर्दा अहिले फूलको चर्चा बढन थालेको छ ।

रहरले करेसाबारीमा लगाइने फूल चाडवाडमा बढी खपत हुन थालेपछि अहिले यसले व्यवसायिकता समेत लिन थालेको छ । फूलबाट मनग्गे आम्दानी गर्न सकिने भएपछि किसाहरु फूलको खेती गर्न समेत आकर्षित भइरहेका छन । यो बर्ष तिहारमा १० करोड वरावरको २२ लाख फूलको माला खपत हुने अनुमान गरिएको छ । फ्लोरीकल्चर एसोशिएसनका अनुसार खपत हुने २२ लाख माला मध्य १५ लाख सयपत्री, ७ लाखमा मखमली, गोदावरी लगायतका फूलको माला खपत हुने अनुमान गरिएको छ । । गतबर्ष नेपालमा १७ लाख माला खपत भएको थियो ।

बढदो मागसंगै उत्पादन पनि बढ्न थालेपछि मखमली र गोदावरी फूलको उत्पादनमा नेपाल आत्मनिर्भर बनेको छ । सयपत्री फूलमा भने नेपाल अझै आत्मनिर्भर हुन सकेको छैन । ३ लाख माला भारतबाट आयात हुने गरेको छ ।
पछिल्लो समय नेपालमा फूलको उपयोग हर क्षेत्रमा बढी रहेको छ । मागलाई धान्न बाह्रै महिना नेपाली बजारमा मौसम अनुसारका फूल पाइन्छ । नेपालमा वार्षिक झण्डै दुई अर्ब बराबरको फूूलको कारोबार हुने गरेको छ ।

गत वर्ष ११ करोड बराबरको फूल भारत लगाएत देशबाट आयात गरिएको थियो भने नेपालबाट ३ करोड मूूल्य बराबरको फूूल निर्यात भएको थियो । यो तथ्याङ्कले भन्छ, नेपाल बिस्तारै फूूल व्यवसायमा आत्मनिर्भर हुुदै गइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);