नुवाकोट, ९ कात्तिक । नुवाकोटमा शुक्रबारदेखि जिल्लाव्यापी टि –२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । नुवाकोट क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा चार क्लबले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा नक्षत्र स्पोस्र्टस क्लब, युनिक व्वाइज ढुङ्गे, देविघाट वाल क्लब र पिपलटार सामाजिक युथ क्लबले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा नक्षत्र क्रिकेट क्लब ४ विकेटले विजयी भएको छ ।
टस जितेर युनिक व्वाइजलाई व्याटिङको निम्तो दिएको थियो । व्याटिङ गर्न मैदानमा आएको युनिक व्वाइज ढुङ्गेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १६ रन बनाएको थियो ।
प्रतियोगिताको विजयी टिमले १० हजार रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने छ । त्यस्तै, द्रोस्रो हुने टिमले ४ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल पाउने नुवाकोट क्रिकेट संघले जनाएको छ ।