पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल भारत प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल भारत प्रस्थान

prachanda-1

काठमाडौं, ९ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल भारत प्रस्थान गरेका छन् ।

इन्डिया फाउन्डेशनले आयोजना गरेको आईडिया कन्क्लेभ विषयक विचार गोष्ठीमा सहभागी हुन शुक्रबार भारतको राजधानी नयाँ दिल्ली प्र्रस्थान गरेका हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसग प्रतिक्रिया गोष्ठीमा आफूले दुई मुलुकबीचको सम्बन्ध तथा दक्षिण एशीयाली राष्ट्रहरुको विकासबारे धारणा राख्ने अध्यक्ष प्रचण्डले बताए ।

उनले इन्डिया फाउन्डेशनले दक्षिण एशीया र अन्तराष्ट्रिय स्तरमा पनि विचार निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएको देखिएकाले पनि आफू सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन लागेका बताए । नयाँ दिल्लीमा आयोजना हुने सो अन्तराष्ट्रिय स्तरको विचार गोष्ठीमा सहभागी भएर अध्यक्ष दाहाल आजै साँझ स्वदेश फकने छन् ।

अध्यक्ष दाहालको नयाँ दिल्ली बसाईको क्रममा राजनीतिक भेटवार्ता भने नहुने बताइएको छ । उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललगायतका नेताहरुले विमानस्थलमा विदाई गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);