मन्त्रीलाई नटेर्ने सचिव प्रधानमन्त्री कार्यालयमा | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८१, सोमबार

मन्त्रीलाई नटेर्ने सचिव प्रधानमन्त्री कार्यालयमा

simhadarbar

काठमाडौं, ८ कात्तिक । संघीय समाजवादी फोरमले सम्हालेका दुवै मन्त्रालयका सचिव प्रधानमन्त्री कार्यालयमा तानिएका छन् ।

स्वास्थ्य मन्त्रालयकी सचिव डा. पुष्पा चौधरी र सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएका हुन् । मन्त्रिपरिषद् स्रोतका अनुसार स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री इस्तियाक राईकै आग्रहमा दुवै सचिवलाई सरुवा गरिएको हो । मन्त्रिपरिषद् बैठक नबसी उनीहरूलाई कारबाहीको शैलीमा प्रधानमन्त्री कार्यालयमा तानिएको आरोप लगाइएको छ ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवले सचिव चौधरीलाई हटाउन लामो समयदेखि प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । आफू पनि मधेसी मूलकै सचिव भएकाले मन्त्रीले हटाउन नसक्ने भन्दै चौधरीले बलमिच्याइँ गरेको यादवनिकट स्रोतले जनाएको छ ।

चौधरीको ठाउँमा स्वास्थ्य मन्त्रालयकै १२औं तहका चिकित्सक सुशीलनाथ प्याकुरेललाई जिम्मेवारी दिइएको छ । सहरी विकास मन्त्रालयको सचिवमा रमेश सिंह सरुवा भएका छन् । नेपाल ट्रष्टको कार्यालयमा सचिव रहेका सिंह सहरी विकास विज्ञ मानिन्छन् । दुवै सचिवले बुधबारदेखि जिम्मेवारी सम्हालेका छन् । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);