काठमाडौं, ७ कात्तिक । एघार बर्षदेखि निर्माणधीन अवस्थामै रुमल्लिएको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको कामले गति लिन थालेको छ ।
पुससम्ममा निर्माण सक्ने गरी निर्माण कार्यलाई तीव्रता दिएको आयोजना प्रमुख सुबास मिश्रले बताए । इलेक्ट्रो मेकानिकल कामको जिम्मा पाएको चिनीयाँ ठेकेदार कम्पनी जियालिङको ढिलासुस्तीका कारण पछिल्लो समय आयोजनाको काम अघि बढेको थिएन ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले १४ मेगावाटको यो आयोजनाको काम पुससम्म जसरी पनि सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको बताए । समाचार आजको कान्तिपुरमा छापिएको छ ।