दसैंमा ‘पिरम नलाउने...’ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

दसैंमा ‘पिरम नलाउने…’

piram

काठमाडौँ, २८ असोज । दसैंलाई लक्षित गर्दै आशिष सचिन र मेलिना राईको स्वर रहेको गीत ‘पिरिम नलाउने’ गीत सार्वजनिक गरिएको छ ।
दीपक शर्माको शब्द र संगीत रहेको गीतमा चाडपर्व सम्झेर घर फिर्ने प्रेमीको सन्दर्भ र विदेश नगई मुलुकभित्रै केही गर्ने भाव समेटिएको छ । ‘आरोही’ एल्वममा समावेश गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरियो । सुब्रत आचार्यले निर्देशन गरेको भिडियो दसैंको माहोल झल्किने गरि छायांकन गरिएको छ । भिडियोमा गायक आशिष सचिनसँगै अभिनेत्री बर्षा राउत देखिएकी छिन ।

पछिल्लो समय गीत ‘मनमगन ’ मार्फत चर्चामा आएका सुव्रतलाई कन्सेप्ट क्रिएटरको रुपमा जया शर्माले साथ दिएकी छिन भने उत्सव दाहालको छायांकन रहेको छ, नविन निरौलाले कलर र सम्पादन गरेका हुन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतमा प्रेमिकाको गुनासो र प्रेमीको परिस्थिति चित्रण गरिएको छ । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);