काष्ठमण्डप पुनर्निर्माणमा ५ करोड थप | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

काष्ठमण्डप पुनर्निर्माणमा ५ करोड थप

kasthamandap

काठमाडौं, २८ असोज । ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई ५ करोड रुपियाँ उपलब्ध गराएको छ ।

मेयर विद्यासुन्दर शाक्यले समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपियाँ चेक प्रदान गरेका हुन्। करिब ३ महिनाअघिदेखि शुरू भएको काष्ठमण्डप पुनर्निर्माण कार्यलाई अघि बढाउन उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको छ ।

यसअघि गएको जेठ २९ गते ५० लाख रुपियाँ उपलब्ध गराइएको थियो । मेयर शाक्यले देशको सम्पत्तिका रूपमा रहेको काष्ठमण्डप पुनर्निर्माणलाई निरन्तरता दिन रकम हस्तान्तरण गरिएको जानकारी दिए । समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);