चापागाउँ दोबाटो-ढोलाहिटि सडक विस्तार कछुवाको गतिमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चापागाउँ दोबाटो-ढोलाहिटि सडक विस्तार कछुवाको गतिमा

upatakya dhulo

ललितपुर, २८ असोज । सकुन्तलाल हिराचनको युनाइटेड विल्डर्सले चापागाउँ दोबाटोदेखि ढोलाहिटिसम्मको दुई दशमलब एक किलोमिटर सडक खण्ड विस्तार र कालोपत्रेको ठेक्का पाएको ६ वर्ष बितिसकेको छ ।

सम्झौताअनुसार विल्डर्सले ३ वर्षअघि नै सडक विस्तार र कालोपत्रेको काम सम्पन्न गरिसक्नुपर्ने थियो तर अझैसम्म पनि काम सम्पन्न हुन सकेको छैन । अझै पनि ६ सय ३० मिटर खण्डमा कालोपत्रे गर्न बाँकी छ ।

सडकको स्तरोन्नति गर्न ढिलाइ गर्दा सर्वसाधरणले सास्ती थेग्न नसकेर विभिन्न समयमा आन्दोलनसमेत गर्नुपरेको थियो । ठेकेदारले दशैंअगाडि जुनसुकै हालतमा सडकको बाँकी खण्ड कालोपत्रे गर्ने भने पनि त्यो काम नहुने पक्कापक्की जस्तै भएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);