काठमाडौं, २७ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जनताको जीवनस्तर उठाउने काममा सरकार लागि परेको दावी गरेका छन् ।
शनिवार दशैको अवसरमा राजधानीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री विष्टले स्वाधिन, स्वतन्त्र र समृद्ध नागरिक बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताए ।
मन्त्री बिष्टले युवा परिचालन गरेर देशलाई समृद्ध बनाउने सरकारको योजना रहेको उल्लेख गरे । मुलुकको समृद्धिका लागि सबै नागरिकले योगदान दिनुपर्ने आवश्यक्ता रहेको उनको भनाई छ ।
मन्त्री बिष्टले गरिवी, अभाव र बेरोजगारी समस्या समाधान नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने पनि स्पष्ट पारे ।




