काठमाडौँ ९ भदौ । म्यानमारको अशान्त राज्य राखिनमा जारी हिंसामा परी शुक्रबार कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ। आक्रमणमा परी पाँच प्रहरी अधिकारीसहित १२ जना व्यक्तिको मृत्यु भएको हो।
सीमा क्षेत्रमा अवस्थित प्रहरी चौकीलाई लक्ष्यगरी राखिन राज्यमा रोहिङ्गया आतङ्ककारी समूहले भीषण आक्रमण गरेको राज्य सल्लाहार आङ सान सुकीको कार्यालयले जानकारी दिएको छ। म्यानमारको यस तटीय राज्यमा महिनौदेखि धार्मिक हिंसा जारी रहेको छ।
शुक्रबार २० भन्दा बढी प्रहरी चौकीमा करिब १५० आतङ्ककारीहरुले बिहानै सबेरै हमला गरेको राज्य सल्लाकार कार्यालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ। सो विज्ञप्तिका अनुसार सो राज्यमा रहेका प्रायः सबै प्रहरीचौकीमा आक्रमण भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। एजेन्सी