म्यानमारमा हत्यापछि जलाइएको अवस्थामा ३० शव फेला | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

म्यानमारमा हत्यापछि जलाइएको अवस्थामा ३० शव फेला

एजेन्सी । म्यानमारको द्वन्द्वग्रस्त कायाह राज्यमा हत्यापछि आधा जलेको अवस्थामा ३० जना मानिसको शव भेटिएको विवरण सार्वजनिक भएकाे छ । मृत्यु हुनेहरुमा महिला, बृद्धबद्धा र बालबालिकासमेत रहेको स्थानीय वासिन्दा र मानवअधिकारबादी समूहले जनाएका छन् । म्यानमारको द्वन्द्वका क्रममा आन्तरिक रुपमा विस्थापित व्यक्तिहरुलाई मो सो गाउँनजिक सेनाले हत्या गरी जलाएको स्थानीय मानवअधिवादी समूह कारेन्नीले जनाएको छ ।

‘हामीले अमानवीय र पाशविक हत्याको कडा शब्दमा निन्दा गर्छौं, पछिल्लो घटनाले मानवअधिकारको गम्भीर उल्लंघन भएको देखिन्छ, ’ समूहले भनेको छ । सरकार विरोधी सशस्त्र फौजको हतियार खोसेर केही अतिवादीलाई गोली हानी हत्या गरेको म्यानमारको सेनाले जनाएको छ । ती व्यक्तिहरुलाई सात ओटा गाडीमा ओसारेर हत्या गरिएको स्थानमा लगिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

स्थानीय र मानवअधिकारवादी समूहले सार्वजनिक गरेको तस्विरमा आधाभन्दा बढी जलेका ३० ओटा शव देखिन्छन् । जलाइएको शव आफ्ना कार्यकर्ताहरुको नभएको कारेन्नी नेसनल डिफेन्स फोर्सले जनाएको छ । सो फोर्सले म्यानमारको जुन्ता सरकारको विरोध गदैै आएको छ । ‘आधा जलेको शवको थुप्रो देख्दा हामी आश्चर्य परेका छौं,’ फौजका एक कमान्डरले भने । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);