झापा, २५ असोज । झापाको मेचीनगर–१४ स्थित दुवागढीमा एक अर्बको लगानीमा चाउचाउ उद्योग संचालनमा आएको छ । झापामा औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले मनषा थाई फुड्स प्रा.ली.ले चाउचाउ उद्योग सञ्चालनमा ल्याएको हो ।
यो उद्योग झापाको पहिलो चाउचाउ उद्योग हो । हाल यस उद्योगमा १ सय भन्दा बढीले रोजगार पाएका छन् । सरकारले ल्याएको एक घर एक रोजगारीको अवधारणालाई ध्यानमा राख्दै उक्त उद्योग संचालनमा ल्याएको संचालक बुद्धि घिमिरेले बताए ।
उद्योगमा हालसम्मकै अत्याधुनिक प्रविधि र मेशिनको प्रयोग गरेर चाउचाउ उत्पादन शुरु गरिएको छ । उद्योगबाट दैनिक साढे सात लाख प्याकेट तयारी चाउचाउ उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ ।