जयनगर–जनकपुर रेल सेवा छिट्टै सञ्चालनमा आउने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

जयनगर–जनकपुर रेल सेवा छिट्टै सञ्चालनमा आउने

rail

काठमाडौँ, २४ असोज । बहुचर्चित जयनगर–जनकपुर रेल सेवा छिट्टै नै पुनः सञ्चालनमा आउने भएको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले मङ्सिर सम्ममा जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको जानकारी दिए । रेल सेवा सञ्चालनका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।

रेल सेवा सञ्चालनका लागि भारतसँग रेल भाडामा लिने जानकारी समेत महानिर्देशक मिश्रले दिए। तीन वा दुईवटा रेल भाडामा लिनेबारे छलफल भइरहेको जानकारी उनले दिए । आजको गोरखापत्रमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);