नुवाकोट, २३ असोज । नुवाकोटको बिदुर नगरपालिकाका जेष्ठ नागरिकले घरदैलोमै सामाजिक सुरक्षा भत्ता पाएपछि खुशी भएका छन् । नेपाल सरकारले जेष्ठ नागरिकलाई वितरण गर्ने सामाजिक सुरक्षा भत्ता प्रभु बैंकले घरदैलोमा पुगेर वितरण गरेपछि जेष्ठ नागरिकहरु खुशी भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता वापत जेष्ठ नागरिकहरुले महिनाको २ हजार रुपैयाँको दरले प्राप्त गर्ने रकम एकमुष्ट ४ महिनाको आठ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रभु बैकले नगरपालिका भित्रका विभिन्न वडाहरुमा सुरक्षा भत्ता बितरण गर्ने सम्झौता अनुसार काम अगाडी बढाइरहेको छ । सम्पुर्ण वडाहरुमा दसैं अगाडीनै रकम बितरण गरिसक्ने लक्ष्यका साथ काम गरेको प्रभु बैंकले जनाएको छ ।
प्रभु बैंकले गाउँगाउँमा पुगेर जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता बितरण गर्न सुरु गरेसँगै बृद्धबृद्धाहरु उत्साहित भएका छन् । बैकको अनुसार नगरपालिका भित्रका २ वटा वडामा रकम बितरण सम्पन्न भएको छ ।




