शेयरको मूल्यमा सामान्य वृद्धि | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

शेयरको मूल्यमा सामान्य वृद्धि

काठमाडौं, २२ असोज । धितोपत्र बजारमा सोमवार शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव १६ बिन्दुले बढेर एक हजार २२०दशमलव ५२ बिन्दुमा पुगेको छ ।

लगातार घट्दै आएको बजारमा सुधार भए पनि कारोवार रकममा भने गिरावट आएको छ । कूल १६३ कम्पनीको १४ लाख ५१ हजार ५७२ कित्ता शेयर ३७ करोड १६ लाख ५६ हजार ९सय २३ रुपैयाँ मूल्यमा खरीद बिक्री भएको छ ।

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने १दशमलव २९ बिन्दुले बढेर २५८दशमलव ८२ बिन्दुमा पुगेको छ । कूल दश उपसमूहमध्ये सोमवार दुई उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयरमा वृद्धि भएको छ