आईतबार शेयर बजारमा सामान्य गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आईतबार शेयर बजारमा सामान्य गिरावट

काठमाडौं, २ कार्तिक । साताको पहिलो दिन आइतबार शेयर बजारमा सामान्य गिरावट आएको छ । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ५.६६ अंकले घटेर एक हजार ५५६.८० मा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्से ०.३६ प्रतिशतले घटेको हो ।

यस्तै सेन्सेटिभ परिसूचक १.८१ अंकले घटेर ३०८.२७ मा पुगेको छ । कूल १८७ वटा कम्पनीको ४३ लाख ५२ हजार १० कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब २५ करोड २७ लाख ४८ हजार एक सय ८१ रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहको शेयर घटेको छ भने बाँकी २ वटा उपसमूहको शेयर मात्र बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);