दसैंका लागि चीनबाट भेंडा-च्याङ्ग्राको आयात सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

दसैंका लागि चीनबाट भेंडा-च्याङ्ग्राको आयात सुरु

काठमाडौं, २२ असोज । बडा दसैंका लागि चीनबाट भेंडा-च्याङ्ग्राको आयात सुरु भएको छ । नेपाल–चीन व्यापारिक नाका रसुवागढी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतबाट भेंडा-च्याङ्ग्राको आयात सुरु गरिएको हो ।

पहिलो चरणमा तिब्बतबाट करिब २ सय भेंडा-च्याङ्ग्रा ल्याइएको छ । गत वर्षको तुलनामा यो वर्ष आयात बढ्ने व्यापारीले बताएका छन् । गत वर्ष यो नाका हुँदै ५५ वटा मात्र भेंडा च्याङ्ग्रा नेपाल भित्रिएका थिए । गत वर्षभन्दा यस बर्ष भन्सार महशुल बढेकाले करिव ४ हजार रुपैयाँले मूल्य पनि बढेको छ ।