तिहारका लागि रसुवागढी नाकाबाटजम्मा ५० भेँडा, च्याङग्रा नेपाल भित्रिए | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

तिहारका लागि रसुवागढी नाकाबाटजम्मा ५० भेँडा, च्याङग्रा नेपाल भित्रिए

bheda-chyangra

रसुवा । चीनसँगको  व्यापारिक नाका रसुवागढीबाट भेँडा-च्याङग्रा नेपाल भित्र्याइएकाे छ । शनिबार चीनबाट ५० वटा भेँडा च्याङग्रा रसुवागढी नाका हुँदै नेपाल भित्रिएको व्यापारी दिवाकर न्यौपानेले बताए । तिहार नजिकिँदै जाँदा बजारमा मासुकाे माग बढेकाे छ ।

‘सय भन्दा बढी भेँडा-च्याङ्ग्राको माग गरिए पनि थोरै संख्यामा आपूर्ति भएकाे छ,’ उनले भने । विगतभन्दा यो वर्ष भेँडा च्याङ्ग्राको भाउ महँगाे रहेको न्यौपानेले बताए । एउटै भेँडा च्याङ्ग्रामा ३ हजारदेखि ३ हजार ५ सयसम्म महँगाे परेकाे उनले बताए । नेपाल भित्रिएका  भेँडा-च्याङ्ग्राको मूल्य ३२ हजारसम्म परेकाे ५ । दसैँमा १ सय ७० भेँडा-च्याङग्रा रसुवागढी नाका हुँदै नेपाल ल्याइएकाे थियाे । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);