जुम्लाको मौलिकता बचाउन ‘लाम्रा संवाद गाउँगाउँका कुडा’ हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जुम्लाको मौलिकता बचाउन ‘लाम्रा संवाद गाउँगाउँका कुडा’ हुँदै

जुम्ला । जुम्लामा  लाम्रा संवाद दुई सुरु हुने भएको छ । ‘धार्मिक ऐतिहासिक पुण्यभूमि प्रचुर सम्भावना गाउँपालिकाको शान, रमणीय पर्यटकीय स्थलसहित समृद्धि हासिल गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथै ‘लाम्रा संवाद गाउँगाउँका कुडा’को दोस्रो संस्करण यही १६, १७ र १८ गतेसम्म हुने भएको हो ।

लाम्रा संवादले कर्णालीको मौलिकता बचाउने मूल उद्देश्य छ । यो लाम्र्रा संवाद गाउँका कुडासाहित्य सम्मेलनको फर्म्याटमा गत  वर्षदेखि  सुरु भएको  थियो । तर, अहिले गाउँका कुडा मात्र नभएर जिल्लाभरिका गाउगाउँका कुडामा रुपान्तरण भएको  पाइएको छ । जसको नामाकरण ‘लाम्रा संवाद, गाउगाउँका कुडा’  रहेको संयोजक नन्द प्रसाद चौलागाईले बताए।

उनले भने, ‘यो कार्यक्रम १६, १७ र १८ कात्तिकमा तातोपानी गाउँपालिकाको लाम्रामा हुने छ । कर्णाली क्षेत्र विशिष्ट इतिहास, संस्कृति, मौलिक परम्परा भएको ठाउँ हुनाले  भौगोलिक, सामाजिक र राजनीतिक रूपमा सदियौंसम्म अलग्गिएर पनि यहाँका हरेक दुर्गम बस्तीको जीवनयापनका निम्ति आवश्यक मौलिक विधि र प्रक्रियाहरू विकसित भएको संयोजक चौलागार्इंको दाबी छ ।  उनले आफ्नो इतिहासमा गर्व गर्न नसक्ने समाजको पहिचान संकटमा पर्ने भएको हुनाले ज्ञानको पुस्तान्तरण सही ढंगले नहुँदा मौलिकता हराउने, बिर्सिइने वा बिग्रिने सम्भावना बढी भएकाले पनि लाम्रा संवाद जरुरी भएको पूर्वसंयोजक धनप्रसाद चौलागाईंले बताए । 

‘हाम्रो अनुभव साट्ने आधिकारिक परिपाटी निर्माण भएको छैन । पुरानो र नयाँ पुस्ताबीचको छलफल तथा बहसलाई आधुनिक प्रविधि र पद्धतिमार्फत अभिलेखीकरण गर्न सकिन्छ’, उनले भने, ‘यसको पहल स्थानीय तवरबाटै गर्न सके अझ प्रभावकारी हुने तथ्यलाई मनन गर्दै सकारात्मक सन्दर्भ र विषयहरूको चर्चा र बहसमार्फत यस्ता विशेषताको उजागर गर्ने उद्देश्यले पनि लाम्रा संवाद गर्न थालिएको हो ।’ 

अघिल्लो वर्ष तीन दिनसम्म चलेको संवादमा गाउँको समग्र परिवेश र विशेषता बोकेका विभिन्न ११ वटा सेसनहरूमा स्थानीय वयोवृद्ध, योगदानकर्ता र जानकारहरूले आआफ्ना ज्ञान र अनुभव साटेको उनले बताए । पहिलो संस्करण सम्पन्न भइसकेपछि गरिएको समीक्षा, कार्यक्रमपछि प्राप्त प्रतिक्रियाहरूका अनुसार यो कार्यक्रमले गाउँवासी, कर्णालीका समुदाय र बाहिर बस्नेहरूमा समेत अत्यन्त सकारात्मक सन्देश दिन सफल भएको आयोजकले जनाएको छ ।

जुम्लाको तातोपानी गाउँपालिका–५ स्थित लाम्रा गाउँका १८३ घरधुरीका स्थानीय युवा र बुद्धिजीवि र  जिल्लाका जानकारहरूले गाउँगाउँका कुडा लाम्रा संवादमा खस संस्कतिको ज्ञानमुलक कार्यक्रमले हाम्रो नयाँ पुस्ताको सिकाइमा जोड दिइनेछ । विशेष गरी ज्येष्ठ नागरिकका कुराहरूले युवा पुस्तालाई ज्ञान र सिप हस्तान्तरण हुने अपेक्षा गरिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);