गोरुले दुध दिन थालेपछि... | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

गोरुले दुध दिन थालेपछि…

goru milk

सिन्धुपाल्चोक, २१ असोज । पहिले कहींकतै नदेखेको नसुनेको दूध दिने गोरु हेर्न आउनेको लर्को अझै घटेको छैन । हेलम्बु गाउँपालिका इचोक पुरानागाउँस्थित दुधालु गोरु हेर्न आउनेहरुका लागि सेवा दिन र गोरुको संरक्षणका लागि गाउँपालिका आफैं जुटेको छ ।

पुराना गाउँमै गोरुका लागि घाँसपात, दानापानीको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोरिरहेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । दूधको थप ल्याब टेस्ट गर्न बाहिरी देश पठाउने तयारी गरिरहेका छौुं, शेर्पाले भने,दुधालु गोरुले सिन्धुपाल्चोकलाई चिनायो, त्यसको संरक्षणमा हामी लाग्नुपर्छ ।

हाल गाउँपालिकाले दूध दिने गोरुसँगै शिवमन्दिर निर्माण कार्ययोजना बनाइरहेको छ । समाचार आजको कान्तिपुरको पृष्ठ ४ मा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);