पूर्व प्रहरी महानिरीक्षक खरेलको आत्मकथा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

पूर्व प्रहरी महानिरीक्षक खरेलको आत्मकथा सार्वजनिक

काठमाडौं, २० असोज । पूर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलको ‘आत्मकथा’ शनिबार सार्वजनिक गरिएको छ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले पूर्व प्रहरी महानिरीक्षक खरेलको आत्मकथा शनिबार एक कार्यक्रमकाबीच सार्वजनिक गरेका हुन् ।

पुस्तक सार्वजनिक गर्दै खरेलले आफूले प्रहरी महानिरीक्षकको रुपमा भोगेका तितामिठा अनुभवलाई पुस्तकमार्फत् सार्वजनिक गरेको बताए । उनले प्रहरी प्रशासनलाई प्रहरी महानिरीक्षकको कमाण्डमा संचालन नगर्दाको परिणाम मुलुकले अहिले भोगिरहनु बताए ।

मुलुकमा हत्या, बलात्कार, हिंसा लगायतका घटना बढ्दै गईरहेका बेला पूर्व प्रहरी महानिरीक्षक खरेलले प्रहरीको कमाण्ड प्रहरी महानिरीक्षकलाई नदिँदा यस्ता परिणाम आएको प्रतिक्रिया दिए ।

कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति डा. रामबरण यादवले खरेलको सो पुस्तक वर्तमान र भावी पुस्तालाई उपयोगी हुने विश्वास व्यक्त गरे । उनले सरकारले पनि खरेलको सो पुस्तकबाट धेरै कुरा सिक्न सक्ने स्पष्ट पारे ।

खरेलको पुस्तकमा द्वन्द्वकालमा प्रहरीले ज्यान गुमाएको घटनाले आफूलाई सबैभन्दा बढि भावुक बनाएको पनि उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);